लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ यू–२० च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग भिड्दै

IMG

तिलोत्तमा सिटी न्युज, साउन ९  गते २०७९। भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आजदेखि साफ यू–२० च्याम्पियनसिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार दिउस ४:१५ मा सुरू हुनेछ। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले करिब दुई महिनादेखि टोलीलाई प्रशिक्षण दिइरहेका छन्। उनी आफ्नो टोलीले राम्रो नतिजा निकाल्न सक्ने ठान्छन्।



साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो। एएफसीले एएफसी यू-२० च्याम्पियनसिप आयोजना गर्ने भएपछि साफले पनि साफ यू-२० च्याम्पियनसिप आयोजन गर्न लागेको हो। नेपालले दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।



नेपाली खेलाडी हरु 

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (कप्तान)

फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

कमेन्ट गर्नुहोस्