लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

IMG


तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ । आगामी असोजमा हुने तय भएको नेपाल टी-२० लिग खेल्ने ६ टिम मध्ये  ४ टिमको नाम  र स्वामित्व लिएका कम्पनी नाम सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना गर्न अनुमति दिएको लिगका लागि घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल्स,  लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स रहेका छन्। 



कान्तिपुरको स्वामित्व कान्तिपुर नेपालका महेश स्वाँरले लिएका छन्। यस्तै नेपाली अलस्टार युएसएका सन्जय शर्माले लुम्बिनी अलस्टार्सको स्वामित्व किनेका छन्। विराटनगरको टिम डाइमन्ड डिजिक्याप प्रालि भारतका विक्रम यादवले लिएका छन्। यस्तै भारतकै गोल्डस्पोर्ट्स प्रालिका गौरीशंकर धमनीले जनकपुरको टिमको स्वामित्व लिएका छन्। 



क्यानले पोखरा र फार वेस्टर्नको टिम तथा स्वामित्व पछि घोषणा गर्ने जनाएको छ।



आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता छ। क्यानले यसअघि  ६ टिम खरिदका लागि टेन्डर आह्वान गरेको थियो।  पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रूपैयाँसम्म पारिश्रमिक दिने बताइएको छ। क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारीक लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताएको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ। 



कमेन्ट गर्नुहोस्