लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नामिबियाविरुद्ध बदला लिने नेपालको योजना

IMG

तिलोत्तमा सिटी न्युज, असार ३२ गते २०७९। स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि स्कटल्याण्डको क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ ।त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गर्‍यो ।नामिबियाविरुद्ध ओडीआईमा पहिलो पटक पराजित भएको नेपालले स्कटल्याण्डविरुद्ध भने ओडीआईमा पहिलो जित निकाल्यो ।एकरुपको प्रदर्शन गर्न नसकेको नेपालले नामिबयाविरुद्ध बदला लिने रणनीतिमा हुनेछ ।


तर त्यसका लागि नेपालले ब्याटिङमा सुधार गर्नुपर्नेछ । पहिलो खेलमा नामिबियाविरुद्ध २२१ रनको लक्ष्य पछ्याउँदा नेपाल १८० रनमा अलआउट भएको थियो ।त्यसपछि दोस्रो खेलमा भने नपालले स्कटल्याण्डलाई १४४ रनमै अलआउट गरेको थियो ।ब्याटिङमा ओपनिङ जोडीले लामो समय खेल्न सकेका छैनन् । आसिफ शेखले अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका थिए । अर्का ओपनर कुशल भुर्तेलले इनिङ्सलाई ठूलो स्कोरमा कन्भर्ट गर्न सकिरहेका छन् ।मिडल अर्डरमा दीपेन्द्र सिंह ऐरी अहिले लयमा देखिएका छैनन् । दीपेन्द्र लयमा आए नेपाललाई सजिलो हुनेछ । देव खनाल र उपकप्तान रोहित पौडेलले पनि लय अनुसार खेल्न सकेका छैनन् ।लिग टु मा शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई यस शृखंलाका बाँकी दुई खेल महत्वपूर्ण हुनेछ । हाल नेपाल १८ खेलबाट १७ अंकसहित पाँचौ स्थानमा छ । नेपालले लिग टु मा आधा खेल खेलिसकेको छ ।


नामिबिया १७ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ र नेपाललाई पछ्याइरहेको छ । अघिल्लो खेलमा नेपाललाई हराएर नामिबिया पाँचौ स्थानमा उक्लेको थियो तर स्कटल्याण्डलाई हराएपछि नेपाल पाँचौ स्थानमै उक्लेको हो ।अब बाँकी दुई खेल जित्न सके नेपालले चौथो स्थानको अमेरिकासँग अंकदूरी कम पार्नेछ । अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा छ।

कमेन्ट गर्नुहोस्