लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नि.शुल्क र गुणस्तरीय शिक्षा-स्वास्थ्य, विवेकशील साझा तिलोत्तमाको प्रतिबद्धता

tillotmacitynews - 2022 May 06 09:45 AM
IMG

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९ । शिक्षा र स्वास्थ्य निशुल्क बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेको विवेकशील साझा पार्टी तिलोत्तमाले आज मणिग्राम क्षेत्रमा घरदैलो र मत माग्ने कामलाई जारि राखेको छ । आसन्न  बैसाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विवेकशील साझाले तिलोत्तमा नगरपालिकामा घरदैलो अभियान जारि राखेको हो । स्थानीय तहको निर्वाचन अन्र्तगत विवेकशील साझाले आज मणिग्राम चोकमा मत माग्दै हिडेको हो ।  घरदैलोमा तिलोत्तामाका लागि मेयर पदका उम्मेदवार डा. अमित के.सी, उपमेयर पदका रुपा गुरुङ, र विभिन्न वडाका अध्यक्षहरु एवं वडा सदस्यहरु साथै पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ।  

घरदैलोमा हिडेका मेयर पदका उम्मेदवार अमित के. सी. ले निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य सहित भ्रस्टाचार नियन्त्रण गरि तिलोत्तमाको दीर्घकालीन बिकास का लागि आफुले उम्मेद्वारी दिएको र आफ्नो बचनबद्धता पूर्ण रुपमा पालन गर्ने बताएका छन् ।  घरदैलो कार्यक्रममा हिडेका मेयर पदका उम्मेदवार डा.अमित के.सी र उपमेयर पदका रुपा गुरुङलाई मतदाताहरुले जीतको सुभकामना दिएको पार्टी कार्यकर्ताले जानकारी दिएका छन् । जनताको सेवा गर्दै आएका र सामाजिक छबि समेत राम्रो बनाएका मेयर पदका उम्मेदवार डा. अमित के.सी.ले यसपालिको चुनाबमा विवेकशीलको सबै वडासंगै नगरमा शानदार जित हासिल गर्ने बिस्वास लिएको र हौसला अत्यन्तै उँचो बनाएको प्रतिक्रिया दिएका छन् । 


कमेन्ट गर्नुहोस्