
तिलोत्तमा सिटी, बैशाख ११ गते । मुख्य सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति बनाएको थियो । कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ।
घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो। कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवार टुंगो लगाउन आइतवारै कार्य सम्पादन समितिको बैठक पनि डाकेको छ ।
कमेन्ट गर्नुहोस्