
तिलोत्तमा सिटी, २०७८ चैत्र २० गते । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ ।
एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको भन्दै उनले भने, ‘एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल गरेको छैन । छलफल गर्नुपर्ने आवश्यकता पनि देखेको छैन ।’
स्थानीय मात्र होइन, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले माओवादी केन्द्रसँग तालमेल नगर्ने उनको दाबी छ ।
कमेन्ट गर्नुहोस्