लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्तारुढ पाँच पाँचदलको चुनावमा तालमेल गर्ने सहमति,तीनै तहमा संयन्त्र बनाइने

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। सत्तारुढ पाँच पाँचदल स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । त्यसका लागि हरेक पालिकाका दलहरुको शक्ति आकलन गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय भएको छ ।सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेपछि सत्तारुढ पाँच दलको बैठक पहिलो पटक बिहीबार बसेको थियो । बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर चुनावमा जाने प्रस्ताव राखे ।


सत्तारुढ दलका अरु नेताहरुले पनि त्यसमा सहमत भएपछि चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ । ‘त्यो समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा पाँच दलको अवस्था कस्तो छ भनेर प्रतिवेदन दिन्छ’, कार्कीले भने, ‘त्यही प्रतिवेदनका आधारमा थप निर्णय गर्छौं ।राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’बैठकले महानगरपालिकाको उम्मेद्‍वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्