लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रको केन्द्रीय कार्य समितिको बैठक बस्दै

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी ।   नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्डमा केही बेरमा बस्दैछ । माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार  आठौं महाधिवेशन पश्चात् अध्यक्षबाहेक बाँकी रहेका अन्य पदाधिकारी एवम् कार्य समितिको पूर्णताका विषयमा बैठकमा छलफल हुने जनाइए पनि आजको बैठकमा यो कुनै पनि विषय प्रवेश हुने छैन। 


‘यसबाहेक कार्य समितिलाई पूर्णता दिने विषयमा नीतिगत छलफल र निर्णय हुने सम्भावना भने छ । तर, आजको बैठकमा चुनाव केन्द्रीत दुई महिने अभियानको विषयमा छलफल हुन्छ, उपाध्यायले भन्नुभएको छ । माओवादीको फागुन २० गते शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समितिको बैठक शनिबार थप गृहकार्य गरेर आइतबार बस्ने भनिए पनि स्थगित भएको थियो । यसअघिको बैठकमा माओवादीका नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले संसदबाट अनुमोदन भइसकेको मिलिनियम् च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना सम्बन्धमा फरक मत राख्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्