
२०७८ फागुन १८ ,तिलोत्तमा सिटी । प्रधानमन्त्री सेर बहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालीबीच छुट्टा–छुट्टै भेट भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पहिला नेकपा (एस)का अध्यक्ष नेपालसँग भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनु भयो। त्यस लगत्तै प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो।
सत्ता गठबन्धनका नेतासँग समसामयिक राजनीतिक विषयमा यो नियमति भेटघाट भएको जनाइएको छ।अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) प्रतिनिधिसभाबाट पारित भएपछि सत्ता गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्