लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थनगर–४ का अध्यक्ष मुक्तिनाथ यादव राप्रपामा प्रवेश

IMG

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।राप्रपा क्षेत्र नम्बर ३ (क) कमिटी रुपन्देही, सिद्धार्थनगर–४ ले शनिबार भैरहवामा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा वडाअध्यक्ष यादव राप्रपामा प्रवेश गरेका हुन् । उनलाई पार्टीका केन्द्रीय सदस्य बसन्त विक्रम शाही, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ता, क्षेत्र नम्बर ३(क) का अध्यक्ष अर्जुन थापा लगायतले राप्रपामा स्वागत गरेका थिए ।यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । सिद्धार्थनगरमा फोरमबाट निर्वाचित उनी एक मात्रै वडा अध्यक्ष हुन् । त्यस्तै यादव सिद्धार्थनगर नगरपालिकाका कान्छा वडाअध्यक्ष समेत हुन् ।


पार्टीबाट असहयोग भएको भन्दै उनले फागुन ९ गते जनता समाजवादी पाटी नेपाल (जसपा)बाट राजीनामा दिएका थिए । उनले जसपा रुपन्देहीको जिल्ला सदस्य तथा पार्टी निकट समाजवादी युवा संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका थिए । पार्टी प्रवेश गरेपछि संक्षिप्त प्रतिक्रिया दिदै वडाअध्यक्ष यादवले राप्रपाको एजेण्डा राम्रो रहेकोले आफू उक्त पार्टीमा प्रवेश गरेको बताए ।वडाअध्यक्ष यादवसहित १०७ जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्