
२०७८ फागुन ५, तिलोत्तमा सिटी। दयाहाङ राई भारतीय अभिनेत्री तनिष्ठासँग फिल्म खेल्दै छन्। नेपाली निर्देशक दीपक रौनियारले नयाँ फिल्म ‘द स्काइ इज माइन’ मा भारतकी भर्सटायल अभिनेत्री तनिष्ठा चटर्जीलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । ‘ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा फिल्म ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी उनले पहिलो निर्देशकिय फिल्म ‘रोम रोम में’ का लागि बुसानमा ‘एशिया स्टार’ पुरस्कार समेत जितेकी थिइन् ।
फिल्मको कथा दीपकसँगै डेविड बार्कर र आशा मगरतीले मिलेर लेखेका हुन् । फिल्मले दक्षिण एसियामा व्याप्त जात प्रथाको कथा पेश गर्नेछ, जहाँ छालाको रङलाई विशेष महत्त्व दिइन्छ । फिल्म एक गहुँगोरो महिला पुलिस अफिसरको वरिपरी घुम्नेछ, जसले जासूस बनेर देशमा जरा गाँडेर बसेको कुप्रथालाई अन्त्य गर्नेछिन् । फिल्ममा तनिष्ठा चटर्जीले ममताको चरित्र निर्वाह गर्नेछिन् ।
‘द स्काइ इज माइन’ मा आशा मगराती र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । उनी एक गहुँगोरो तल्लो जातको पहाडी समुदायकी हुन् र म कालो रंगको मधेशी समुदायको हुँ । निर्देशक रौनियारले तनिष्ठाको करिअरलाई आफूले १० वर्षदेखि पछ्याइरहेको र उनको काम एकदमै मनपर्ने गरेको बताएका छन् । आउँदो मे (बैशाख) बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा रौनियार छन् ।
फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । उनी निर्देशित ‘हाइवे’ को सन् २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको थियो भने दोस्रो फिल्म ‘ह्वाइट सन्’ ले भेनिस, पाम स्प्रिंग्स, फ्राइबर्ग र सिंगापुरमा पुरस्कार जितेको थियो । उनी बर्लिनले ‘ट्यालेन्ट’ का पूर्व विद्यार्थी हुन् ।
कमेन्ट गर्नुहोस्