लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वदलीय बैठक सुरु

IMG

२०७८ फागुन २, तिलोत्तमा सिटी । सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज साेमवार सर्वदलीय बैठक बोलाउनुभएको हो । प्रमुख प्रतिपक्षी दल एमाले भने छलफलमा सहभागी भएको छैन।  महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ सांसद सत्ता गठबन्धनसँग छैन ।


सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्दा गठबन्धनमै आबद्ध जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षर भएको छैन । प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । महाअभियोगलाई पारित गर्नका लागि सांसद सङ्ख्याको दुई तिहाइ अर्थात् एक सय ८१ सांसदको मत आवश्यक पर्छ ।

कमेन्ट गर्नुहोस्