लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्यालेन्टाइनमा ल्याए निर्देशक मदनले उपहार स्वरुप पुष्प र उषाको जोडी

IMG

२०७८ फागुन २, तिलोत्तमा सिटी । सांगीतिक दुनियामा चिर परिचित नाम मदन खड्काले आफ्नो निर्देशनमा एक जोडीलाई भ्यलेण्टाइन स्पेसलामा उतारेका छन्। आजै भ्यलेण्टाइनलाइ मध्यनजर नगरी मायालु जोडीको शानदार अभिनयमा प्रमोद खरेल र बिन्दु परियार को आवाजमा सजिएको माधुर्यता रहेको सो सांगीतिक कोसेली सार्बजनिक भएको हो। 


राजकुमार बगरले संगीत दिएको सो गीतको सिनेमटोग्राफ़र बिरेन्द्र भट्टले गरेका हुन् भने माही सिंहले अभिनय गरेका कलाकारको मेक अप उतारेकी छिन। समग्र कथालाई एउटै गीतमा उतारेका मदन खड्का लभ्ली जोडीलाई पर्दामा जमाउन सफल निर्देशक हुन्। मेरो माया  लाग्छा  र बोलको गीतको शानदार भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गुरु  भोटियाले प्रोडक्सन म्यानेज गरेका छन्।  भिडियोलाई उषा  गुरुङले निर्माण गरेकी हुन्। मिर्मिरे इण्टरटेन्मेण्टले सार्बजनिक गरेको सो म्युजिक भिडियो प्रेमिल जोडीका लागी उपहार साबित भएको निर्देशक मदन खड्काले बताए।  निर्देशक खड्काका अनुसार हामीले दिने उपहार भनेको सांगीतिक उपहार नै हो त्यसैले यो बर्षको भ्यालेन्टाइन स्पेसल गीत लिएर उपहार स्वरुप हाम्रो युट्युब च्यानल मिर्मिरे इण्टरटेन्मेण्ट मार्फत दर्शक श्रोताका लागी उपहार चढाएको बताए। 


गीतमा चलचित्र क्षेत्रका चकलेटी नायक पुष्प खड्का र अभिनयमा पोख्त कलाकार उषा उप्रेतीको प्रेमिल अभिनय हेर्न पाइन्छ। 


कमेन्ट गर्नुहोस्