
२०७८ माघ २८ ,तिलोत्तमा सिटी।शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दशौं चरणका खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको खेल दुई दिन अघि मात्र भएको थियो ।दशौं चरणको पहिलो खेलमा आज रेलिगेसन ब्याटलमा रहेका दुई टोली ब्रिगेड ब्वाइज क्लब र प्रेण्ड्स क्लबबीचको खेल दशरथ रंगशालामा सुरु भएको हो ।
अहिलेसम्म जितविहीन रहेको एक्लो टोली फ्रेण्ड्स पहिलो जितको खोजीमा छ । ९ खेलबाट जम्मा ३ अंक जोडेको फ्रेण्ड्स अंकतालिकामा पुछारमा छ । रेलिगेसन जोनबाट जम्मा १ अंक सुरक्षित रहेको ब्रिगेडको लागि पनि यो खेल उत्तिकै महत्त्वपूर्ण छ । ब्रिगेड ६ अंक जोडेर १२औं स्थानमा छ जुन १३औं स्थानको च्यसालभन्दा १ अंकले बढी हो ।यस पटक लिगमा दुई टोली रेलिगेसनमा पर्ने भएकोले पनि रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको छ ।
कमेन्ट गर्नुहोस्