लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्रीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार वितरण

IMG

२०७८ माघ २१, तिलोत्तमा सिटी। महिला भलिबल च्याम्पियनशिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा  पुरस्कार वितरण गरेको छ । भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदर गर्दै पुरस्कार वितरण तथा सम्मान प्रदान गरेको छ।  सरकारले एसिएन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । यस कार्यक्रममा देउवाले विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पर्न सफल भएका प्रिन्स दाहाललाई पनि बधाई दिनुभयो ।


प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री  देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्नुभएको हो ।  सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी छन् ।  भलिबल प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गएकाे पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। 

कमेन्ट गर्नुहोस्