लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार निर्वाचन घोषणा गर्ने तयारीमा

IMG

२०७८ माघ १०, तिलोत्तमा सिटी। सत्ता गठबन्धन राजनीतिक समन्वय समितिको मंगलबारको बैठकपछि सरकार स्थानीय तह निर्वाचनको तयारीमा जुटेको हो । समिति बैठकको निर्णयबारे सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको सीमाभित्रै निर्वाचन हुने र त्यसको तयारीमा सरकार लागेको जानकारी दिए ।तर, मिति घोषणा गर्न भने अझै गृहकार्य गर्नुपर्ने भन्दै पहिला अनौपचारिक र त्यसपछि सत्ता गठबन्धनको औपचारिक बैठक बस्ने तयारी छ । निर्वाचन आयोगले निर्वाचनको मितिका लागि सरकारलाई सीमा दिएको छ । आयोगले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचन गर्नुपर्ने बताएको छ ।


आयोगले त्यतिमात्र होइन, वैशाख १४ गतेको तिथि पनि सरकार र दलहरूलाई सुझाएको छ । अनि वैशाखभित्र चुनाव नभए देशभरका स्थानीय तह जेठ सुरुबाटै एकसाथ खाली हुने आयोगले बताइसकेको छ ।सरकार पनि सकभर संविधान अनुरुप नै निर्वाचन गर्ने र नयाँ निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको सरकारका मन्त्रीहरूले बताइरहेका छन् । आयोगले यति भनिसकेपछि आफूहरु त्यो बाटोमा जानु पर्ने प्रधानमन्त्री देउवाले मन्त्री, आफू सभापति रहेको पार्टी नेपाली कांग्रेस र अन्य गठबन्धन दलका नेताहरूलाई भनिसकेका छन् ।


मघ १२ गते १९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि अहिले आचारसंहिता लागिरहेको छ । राष्ट्रिय सभा निर्वाचनपछि स्थानीय तह निर्वाचनको मिति तोक्नेगरी तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।वैशाखमै निर्वाचन गर्नुपर्छ र हुन्छ भनेर समन्वय समितिको बैठकमा गठबन्धनका नेताहरूले बताए । यसमा गठबन्धनका नेताहरूको स्पष्ट प्रतिबद्धता आइरहेको छ ।


प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले समेत निर्वाचनका पक्षमा एकमत कायम गर्न बैठकलाई उपयोग गर्ने तत्परता देखाएका थिए । धेरैले उनको यस खालको प्रस्तुतिलाई निर्वाचन समयमै गराउन सरकारको इच्छाका रुपमा लिएका छन् ।बाहिरबाट बढिरहेको दबाबलाई समेत सरकारले ख्याल गरेर मूर्त भाषामै निर्वाचन हुने सुनिश्चितता देखाउन खोजिरहेको छ । नगर र गाउँसभाको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने स्थानीय निर्वाचन ऐनमा व्यवस्था छ ।


सरकारलाई चुनावको गृहकार्य गर्न गठबन्धनकै नेताहरु माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लागेका छन् । यसका निम्ति उनीहरुले संविधान र कानुन अनुरुप सरकार अगाडि बढ्नु पर्ने बताइरहेका छन् ।निर्वाचन बारे देउवाले न्यूनतम बुझ्नुपर्ने एउटा कुरा संसद र स्थानीय तहको कार्यकाल लम्ब्याउनु भनेको देशको सबैभन्दा ठूलो पार्टीका रूपमा एमालेलाई थप रजाइँ गरिरहन दिनु हो ।संघीय संसददेखि प्रदेश र स्थानीय तहसम्मै एमाले सबैभन्दा ठूलो पार्टी हो । आजको अभियान टाइम्समा समाचार छ ।


उसलाई सही आकारमा खुम्च्याउन र कांग्रेसलाई देशकै ठूलो पार्टीमा दर्ज गर्न पनि २०७४–७५ मा भएका तीनै तहका निर्वाचनको नतिजालाई चाँडोभन्दा चाँडो खारेजी र नयाँ निर्वाचनको नतिजालाई स्थापित गर्नु जरुरी छ ।नेपाली राजनीतिका चतुर खेलाडी देउवा आफ्नो पार्टीको साख बचाउन के गर्नुपर्छ भनेर खोजिरहेका छन् । माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावलगत्तै स्थानीय तह निर्वाचनको घोषणा भयो भने एमालेलाई बोल्ने बाटो हराउनेछ ।

कमेन्ट गर्नुहोस्