लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि नेपाल एपिएफ क्लबलाई

IMG

२०७८ माघ ५ , तिलोत्तमा सिटी। नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।


कमेन्ट गर्नुहोस्