
२०७८ माघ ३,तिलोत्तमा सिटी। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साेमबार भएकाे एक मात्र खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेकाे छ ।दशरथ रंगशालामा भएकाे खेलको दोस्रो हाफमा एनआरटीका लागि दुवै गाेल दर्शन गुरुङले गरेका थिए ।पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दर्शनले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
जितपछि ९ खेलबाट १३ अंक जाेडेकाे एनआरटी छैटौं स्थानमा उक्लिएको छ । जावलाखेल भने ९ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ।
कमेन्ट गर्नुहोस्