लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने

IMG

२०७८ पुष २३, तिलोत्तमा सिटी।  राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने भएकाे छ । यही २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलवार दिउँसाे १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले याे बैठक निर्धारण गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्