
तिलोत्तमा सिटी,१७ पौष २०७८। लाफा समुह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ। समुहको आयोजनामा माघको २२ र २३ गते २ दिने बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो ।प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मकवानपुर, कास्की, दाड, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस वर्ष १ सय १६५ बढी टिम सहभागि हुने थापाले बताए । खुलातर्फ ११५ तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए । त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका अध्यक्ष तारा रेश्मीमगर बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्नको लागि बि लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मी बताए । यस प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने उनले बताए ।समुहले सामाजिक उत्तरदायीत्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । समुहले भदौ महिनामा बि लेभल भलिबल प्रतियोगिता सम्पन्न गरीसकेको छ । पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ निजि कवर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे । समुहमा हाल १७५ भन्दा बढि सदस्यहरुले दैनिक रुपमा व्याडमिन्टन खेल्दै आएका छन ।
कमेन्ट गर्नुहोस्