लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो क्लब अफ भलवारी सिटीले दोस्रो ब्याडमिन्टन प्रतियोगिता गर्ने

IMG

तिलोत्तमा सिटी,१४ पौष २०७८। लियो क्लब अफ भलवारी सिटीले मधवलिया ब्याडमिन्टन क्लबको कभर्डहलमा यहि पौष  १६ र १७ गते दोस्रो ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । बि डिभिजन र सी डिभिजन गरि दुई तहको उक्त खेलको दर्ता शुल्क क्रमस रु. २ हजार ५ सय र  रु. २ हजार रहेको छ भने 'बि डिभिजन को खेलमा प्रथम हुनेले रु. बीस हजार, द्वितीय हुनेले रु. १२ हजार र तृतीय हुनेले रु. ७ हजार पाउने छन भनेसी डिभिजनको खेलमा प्रथम हुनेले रु.१५ हजार द्वितीय हुने ले रु. १० हजार र तृतीय  हुनेले रु. ४ हजार पाउने छन । अहिले धमाधम दर्ता हुने क्रम जारी रहेको कुरा खेल संयोजक लियो नितेश जयसवालले जानकारी दिए । गत बर्ष जस्तै यस बर्ष पनि खेललाई अनुशासित र मर्यादित बनाउन ५ अफिसियल राखीने र खेलाडीहरुलाई खाजा नास्ता सहित प्राथमिक उपचार तथा मेडिकल सेवा पनि प्रदान गरिने कुरा अध्यक्ष लियो रितु ज्ञवालीले बताइन ।


क्लब कि ब्राण्ड एम्बेस्टर लियो कल्पना श्रेष्ठ थप्नु हुन्छ खेल सङै खेलाडीहरुको मधुमेह परिक्षण पनि गर्ने योजना रहेकोले सोही तयारीमा रहेको अध्यक्ष ज्ञवालीले बताईन। खेललाई यस क्षेत्रकै उत्कृस्ट बनाउन कार्यक्रम संयोजक नितेश जयसवाल, सचिव लियो सन्जोक ज्ञवाली, निवर्तमान अध्यक्ष लियो रबिन जोशी लगायतका क्लबका सदस्यहरु अहिले पुर्ण तयारीमा रहेका छन्। खेलमा समाबेश हुन र टिम दर्ता गर्न खेलाडीहरुले २०७८ पौष १५ गते सम्म ९८६६६२८५११ मा कल गरि नाम दर्ता गराउन सक्ने निवर्तमान अध्यक्ष लियो रबिन जोशीले बताए। 


कमेन्ट गर्नुहोस्