लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री महिला कप क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

IMG

२०७८ पुस ९, तिलोत्तमा सिटी। धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले एकमा हार र दुईमा जित दर्ता गर्दै चार अङ्कसहित सेमिफाइनलमा पुगेको हो ।


पहिले ब्याटिङ गरेको सुदूरपश्चिममा निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बिन्दु रावलले ५०रन सहित अर्धशतकीय पारी खेलिन । रुबि पोदारले २१, डल्ली भट्टले १५, कविता जोशी र सङ्गीता धामीले समान १३/१३ रन बनाइन । प्रदेश–२ का लागि बिमला मगरले दुई र साना प्रविन, अनुराधा चौधरीले एक एक विकेट लिइन् ।


एक सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश– २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६रन मात्रै बनाउन सक्यो । उसका लागि साना प्रविनले १४र बिमला मगरले १२ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सुदूरपश्चिमका कविता जोशी र लक्ष्मी साउँदले समान दुई विकेट लिदा इश्वरी विष्टले एक विकेट लिइन । बिन्दु रावल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।


कमेन्ट गर्नुहोस्