लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रियसभाको रिक्त सदस्यका लागि माघ १२ गते निर्वाचन

IMG

२०७८ मङ्सिर २,तिलोत्तमा सिटी । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने गरि समय निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको हो ।राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये १९ जनाको निर्वाचन हुने छ भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छिन् ।राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए अनुसार सरकारलाई निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गर्न आग्रह गरेको थियो । 


कमेन्ट गर्नुहोस्