
२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा कार्तिक २७ देखि तेस्रो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा वडा नं. ८ प्रदीपनगर स्थित कुँवरवर्ती ईंलिस बोर्डिङ स्कुलको संयोजन भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको समुद्घाटन तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद ६१ हजार, द्धितीय हुनेले नगद ४१ हजार, तृतीय हुनेले नगद २१ हजार र सान्तवना हुनेले नगद ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा वेस्ट प्लेयर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट स्पाइकर, वेस्ट डिफेन्स, वेस्ट सर्भर, अनुशासित खेलाडी उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ ।
कमेन्ट गर्नुहोस्