
तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। युनिक फ़ुट्सलको आयोजनामा प्रथम युनिक फ़ुटसल टुर्नामेण्ट हुने भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिग्राममा रहेको युनिक फ़ुटसलमा यहि मङ्सिर १७ र १८ गते सो प्रतियोगिता हुने आयोजक का तर्फ बाट रहिस डुम्रेले बताए। यस क्षेत्रका खेलाडी हरुको प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ् सो प्रतियोगिता गर्न लागिएको डुम्रेले बताए। प्रतियोगिताको बिजेतालाई नगद रु पचास हजार र उपबिजेतालालई २५ हजार नगद पुरष्कार सहित शिल्ड मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ। खेलमा घाइते हुन सक्ने हुनाले सबै खेलाडीको स्वास्थ्य बिमा समेत गरिने आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्