
तिलोत्तमा सिटी,७ कार्तिक २०७८।राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले साविक विजेता मछिन्द्र फुटबल क्लबबाट नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।चोटका कारण एक वर्ष मैदान बाहिर रहेका विमल कतारमा उपचार गराएर गत महीना स्वदेश फर्किएका थिए । गत वर्ष पुसमा राष्ट्रिय टिमको क्याम्पमा प्रशिक्षणका क्रममा विमललाई घुँडामा चोट लागेको थियो । त्यसपछि उनी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा कतारमा उपचार गराएर आएका हुन् ।मछिन्द्रले विमलसँग एक सिजनको लागि सम्झौता गरेको हो ।
कमेन्ट गर्नुहोस्