लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाफा समूह बी लेभल भलिबल : मदन भण्डारीलाई उपाधि

IMG

तिलोत्तमा सिटी,१९ असोज २०७८। लाफा समूह बुटवलको आयोजनामा भएको बी लेभल भलिबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले चुमेको छ । उपाधिका लागि मँगलबार भएको खेलमा मदनभण्डारीले आयोजक लाफा समूहलाई ३–शुन्यको सोझो सेटले पछि पार्दै उपाधि चुम्न सफल भएको हो । उपाधि भिडन्तमा मदन भण्डारीले २५-१६, २७-२५ र १५-१३ को अंक तालिकामा आयोजकलाई स्तब्ध पार्न सफल भएको हो । जीतसँगै विजेता समूहले नगद राशी ४० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको आयोजक समूहले २० हजार नगद राशीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको कार्यक्रम सयोजक केशव रानाले बताए ।


प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्सले तेस्रो स्थान हासिल गरेको छ । न्यू होराइजनले नमस्ते भलिबल समूहलाई पछि पार्दै तृतीय हुन सफल भई नगद १० हजार पुरस्कार राशी प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा होराइजनले २५-२३ र २५-२१ को सोझो सेटमा जीत दर्ता गर्न सफल भएको हो । शान्त्वनामा चित्त बुझाउनु परेको नमस्ते भलिबलले ५ हजार नगद राशी प्राप्त गरेको छ ।वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने मूल नाराका साथ भएको प्रतियोगिताको विजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगर पालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, लाफा समूहका अध्यक्ष तारा सिं रेश्मी, उपाध्यक्ष उपाध्यक्ष बबिन थापा, खेल संयोजक केशव राना तथा समूहका संरक्षक बासुदेव लामिछानेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्