लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाफा ‘बि’ लेभल पुरुष भलिबलको समापन मंगलबार

tillotmacitynews - 2021 Oct 04 05:04 PM
IMG

तिलोत्तमा सिटी,१८ असोज २०७८। लाफा समुहको आयोजनामा बुटवलमा जारी ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को दोस्रो चरणको खेल भै राखेको छ ।मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल मात्र सकिएको छ । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले बताए ।आज दोस्रो चरणको अन्तिम खेल हुदै गर्दा पानी परेपछी आजको खेल रोकिएको छ । दिउसो करिब ५ बजे तिर पानी परेपछि त्यसपछिका सबै खेलहरु रोकिएको हो ।आज भएको दोस्रो चरणको खेलमा न्यू होराइजनले जी एम समाजलाइ पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै नमस्ते गुल्मीले स्टार युवा क्लबलाइ पराजित गरेको छ ।


आजै भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बि ले जितेश्वरी युवा क्लबलाइ पराजित गरेको छ । आधिखोला युथ क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ए लाइ, कंचन एकेडेमिले चरङ्गे युवा क्लबलाई, मसलाङ्ग स्पोटर्सले लाङघालीयुवा क्लबलाई पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेको छ भने दिप बोडिङ्ग र डायमण्ड गोर्खा बिच खेल हुदै गर्दा पानी परेपछी बिचमा नै खेल रोकिएको छ । त्यो खेल भोली बिहान पुन सुरुबाट संचालन हुने लाफा भलिबल एकेडेमीका प्रशिक्षक विजय गुरुङ्गले बताए ।प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको कार्यक्रम सयोजक केशव रानाले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


यसैगरि द्धितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने अध्यक्ष रेश्मीले बताए । आयोजकका अनुसार प्रतियोगिताको प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार ९रबि०थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका हुन् ।

प्रतियोगिताको समापन मंगलबार दिउसो २ बजे गरीने आयोजकले जनाएको छ

कमेन्ट गर्नुहोस्