लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा बिरामी चितुवाको उद्धार

IMG

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय वासिन्दाले बताएका थिए ।बुढो र बिरामी देखिने चितुवा मानिसलाई आक्रमण लगायतका गतिविधि भने गरेको थिएन । चितुवा १ दशमलव ५ मिटर लम्बाइ ६० सेमी उचाइ रहेको थियो ।उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ ।



कमेन्ट गर्नुहोस्