
आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सो जानकारी दिएका हुन्। यद्यपी, मिति टुङ्गो भने लागेको छैन ।राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिएको छ। संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरूको व्यवस्थापन गरिसकेको जनाएको छ।
कमेन्ट गर्नुहोस्