लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निषेधाज्ञामा आत्महत्या गर्नेमा प्रदेशमा दाङ पहिलो, रुपन्देही दोस्रो

IMG

आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। दोस्रो चरणको निषेधाज्ञा (लकडाउन) सुरु भएयता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन्। त्यस्तै यस अवधीभर २ सय २३ जनाले आत्महत्या गरेका छन्।लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ्ग–तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार दोस्रो चरणको लकडाउन सुरु भए यता सबै भन्दा बढी आत्महत्या दाङ्गमा गरेका छन्।सो अवधीमा दाङ्गमा ४९ जनाले आत्महत्या गरेका छन्।


नवलपरासीमा १७ जनाले आत्महत्या गरेका छन्।रुपन्देहीमा ४४ जनाले, कपिलवस्तुमा २१, पाल्पामा १७ जनाले आत्माहत्या गरेका छन्। अर्घाखाँचीमा १६ जनाले , गुल्मीमा १४ जनाले आत्मा हत्या गरेका छन्।प्यूठानमा ८ जनाले , दाङ्गमा ४९ जनाले , रोल्पमा ९ , रुकुम पूर्वमा ३ जनाले , बाँकेमा ३ जना र बर्दियमा २२ जना सहित २ सय २३ जनाले आत्मा हत्या गरेका हुन्।ती मध्ये १ सय २० जना पुरुषले आत्महत्या गरेका छन्। ७८ जना महिला , ९ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका छन्।

कमेन्ट गर्नुहोस्