
असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।अहिले सामाजिक अभियन्तासंगै राजनीतिक दलका नेताहरुले समेत राहतका विभिन्न प्याकेज सार्बजनिक गरेका छन्। सोहि अनुरुप नेपाली कांग्रेस महासमिती सदस्य जनस्वास्थ्य बिद समाजसेबी एवम प्रभावसाली महिला नेत्री डाक्टर अनिता शाह ढुङग़ानाबाट रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर -५ का अति विपन्न अशक्त सुत्केरी महिला कोरोना सक्रमणबाट प्रत्यक्ष प्रभाव परेका परिवारलाई खाद्यान्न तथा जिन्सी सहयोग गर्नुभएको छ।
सो जानकारी दिदै लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले नेतृ अनिता शाह द्वारा बिपी स्ट्डी युथ सर्कल मार्फत सो सहयोग दिनु भएको हो । बिपी स्ट्डी युथ सर्कल मार्फत तिलोत्तमा-६ मणिग्राम १२ नम्बर बस्ने लक्ष्मण गौतमले बिगत ३४ दिन देखी रुपन्देही जिल्ला भित्रका अति बिपन्न बर्गलाई घरमै पुगेर खाद्यान्न सहयोग गर्दै आउनु भएको छ ।
कमेन्ट गर्नुहोस्