लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार,गृहमा खगराज,सञ्चारमा नैनकला,अटेनन छबिलाल

IMG

जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद विस्तार गर्दै उनले गृहमा खगराज अधिकारी,संचारमा नैनकला थापालाई नियुक्त गरेका छन्।प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफैंसँग राखेका छन्। त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी नियुक्त भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।


५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने नेता छविलाल विश्वकर्मालाई मन्त्री नबनाउँनुलाई चासोका साथ हेरिएको छ ।रुपन्देहि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद जिते सँगै स्थानीयजनता र राजनीतिमा चासो राख्नेहरु विश्वकर्मा पहिलो लटमै मन्त्री बन्ने अटकलबाजी गरेका थिए । पटक पटकमन्त्री परिषद् विस्तार हुर्दा पनि विश्वकर्मा मन्त्री बनेका छैनन ।‘यो तिन वर्षमा मन्त्री परिषद् १७ पटक विस्तारित भैसकेको छ । त्यसक्रममा ५७ जनामन्त्री मण्डलमा अटाएका छन । पटक पटकमन्त्री परिषद विस्तार हुर्दा आमजनताले छविलाल विश्वकर्माको खोजि गर्छन तर अन्तिममा उनको नाम अटाउन सकिरहेको छैन्’ विश्वकर्मा निकट एक नेताले भने ।


पछिल्लो राजनितिमा विषेश एमाले, काँग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुको चासो बढ्न थालेको छ । आखिर किन छविलाल विश्वकर्मालाई मन्त्रि बनाइदैन ? स्थानीय कार्यकताहरुले प्रश्न गर्न थालेका छन । नत्र उहाँलाई मन्त्री नबनाइनुमा अरु त्यस्तो के कारण छ ? के आज कम्युनिष्ट आन्दोलनमा निरन्तर आफ्नो जिम्मेवार निर्वाह गर्न नेताकार्यकर्ता लाई उपेक्षित त गरिदै छैन उनिहरु प्रश्न गर्छन् ।नेकपा एमालेको स्थायी कमिटि सदस्यसमेत रहेका विश्वकर्मा शालिन, भद्र , बौद्धिक र मृदु भाषिक नेताका रुपमा आमकार्यकता र जनताका माझ परिचित छन । बुटवल बहुमुखी कलेजको स्ववियु उपसभापति हुँदै हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य सम्म आइपुग्दा पार्टीका विभिन्न तहमा रहेर नेतृत्वदायी भुमिकामा रहेर काम गरेका विश्वकर्मा गिरिजा प्रसाद काेइरालाकाे अन्तरिम सकारमा छोटो समयका लागि कृषि तथा सहकारी मन्त्रि बनेका थिए ।


त्यस बेला कृषि तथा सहकारी क्षेत्रमा केहि उल्लेखिय काम गरेका थिए । उनको नै दलितलाई राज्यमन्त्रीमा सिमित घेरालाई तोड्दै फुलमन्त्रीको सुरुवात गरेका थिए । पार्टी नितिमा कटिबद्ध विश्वकर्मा प्रवासी मंचको जिम्मेवारीमा रहदा तत्कालिन विद्रोही पार्टी माओवादी र एमाले तथा काँग्रेस लगायतका नेतालाई सहमति र शान्तिवार्ता गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।विश्वकर्मा नजिकका कार्यकताका अनुसार छविलाल विश्वकर्मा हल्लाभन्दा बढि काममा विश्वास गर्ने , दिएको जिम्मेवारी पुरा गर्ने, जस्तो सुकै विषम परिस्थिातिमा नेतृत्वको रक्षा गर्दै पाटि निमार्णमा खटिने साथै उच्च नेतृत्वले आफ्नो कामको मुल्याङ्गकन गरोस भन्ने चाहना र पदका लागि बार्गेनिङ्ग नगर्ने स्वभावका कारणले नेतृत्वले उहाँको त्यस स्वभावलाई कमजोरीको रुपमा लिएको हुन सक्ने बताउछन ।छविलाल विश्वकर्माले अविचलित भै निरन्तर दिएको जिम्मेवारी पुरा गर्नु पर्छ र मन्त्री नभए पनि जनताको काम गर्न सकिन्छ भन्ने मान्यताका कारण पनि मन्त्री नबनेको कुरा उनका अन्य कार्यकर्ताहरु बताउछन ।

हालको मन्त्रिपरिषद्को पूर्ण सूची :-


कमेन्ट गर्नुहोस्