लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार नागरिकप्रति गैर जिम्मेवार भयो: विवेकशील साझा

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।विवेकशील साझा पार्टीले सरकार नागरिक प्रति गैर जिम्मेवार बन्नेको बताएको छ । विवेकशील साझा पार्टी, लुम्बिनी प्रदेशका संयोजक अनुपमान सैजुले एक विज्ञप्ति जारी गर्दै नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न राज्यपक्षबाट कतैबाट पहल नहँुदा सरकार नागरिक प्रति गैर जिम्मेवार भएको प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।‘


लुम्बिनी प्रदेशका नागरिक कोरोना महामारीमा अक्सिजन नपाएकै कारण दिनहुँ ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ। कति नागरिक अस्पतालको वेडमा मृत्यु सङ्ग लडिरहेका छन् भने अत्याधिक नागरिक हस्पिटलमा बेड नपाएर र अक्सिजन अभावको पिडामा छटपटाई रहदा प्रदेश सरकार मौन रहेको महसुस भएको छ। नागरिकको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न राज्यपक्षबाट कतैबाट पहल नहुदा सरकार नागरिक प्रति गैर जिम्मेवार भएको प्रश्न चिन्ह खडा भएको छ।’–विज्ञप्तिमा भनिएको छ ।सरकारको खिचातानीको कारण राजनीति खेलमा रुमल्लिएका सम्पुर्ण दलहरुलाई नागरिक प्रती उत्तरदायी बन्न विवेकशील साझा आह्वान समेत गरेको छ ।


कमेन्ट गर्नुहोस्