लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रले अस्पतालमा बेसार, ज्वानो पानी र चिया–अण्डा वितरण गर्यो

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले कोरोनाको संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण सुरु गरको छ ।शनिबारदेखि सुरु गरिएको वितरण कार्यक्रमलाई केही दिनसम्म निरन्तरता दिने माओवादी केन्द्र नगर कमिटीले जनाएको छ ।दिनको तीन पटक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ देखि २ बजे र सांझ ५ देखी ७ बजेसम्म बिरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने माओवादी केन्द्र सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) जानकारी दिए ।


कोरोनाका कारण अस्पतालमा भर्ना भएका बिरामी र  बिरामी कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी प्रसाद न्यौपाने (टी.पी) ले बताए ।वितरण कार्यक्रम पार्टीको नगर कमिटी, जनवर्गीय संगठन वाइसीएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । महामारीको बेलामा आपत्तमा परेका बिरामीहरुका लागि मानवताको हिसाबले सहयोग गरिएको माओवादी केन्द्रका नेता फैज अहमद खानले जनाए ।सो पार्टीले अस्पतालमा सुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ–आफ्नो क्षेत्र बाट सहयोग पुर्याउन पनि अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्