लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीनवटा बटमलाइनमा ओली माधवपक्षको वार्ता,अन्तरसंघर्ष जारी

IMG

बैशाख ३१ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी।एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ । जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए । हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले बताए ।


ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए । हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्