लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बहुमतको सरकार दाबी नगर्ने माओवादी केन्द्रको निष्कर्ष

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाकेको स्थायी कमिटी बैठकले बहुमतको दाबी गरी राष्ट्रपति कहाँ नजाने निर्णय गरेको हो ।


एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ राती बजेसम्मको समयसीमा दिएकी थिइन । एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नदिएपछि अब बहुमतको सरकार बन्ने सम्भावना पनि लगभग सकिएको छ ।


त्यस समयभित्र दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन ।

कमेन्ट गर्नुहोस्