लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काङ्ग्रेस रुपन्देहीको कार्यालय आइसोलेसन निर्माणमा

IMG

२४ बैशाख, २०७८ तिलोत्तमा सिटी। नेपाली काङ्ग्रेस रुपन्देहीले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।


काङ्ग्रेस रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालको पछाडि दुई बटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउण्ड सहितको भवन रहेको छ । उक्त भवन आइसोलेशन निर्माणको लागि स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैरनाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको नेपाली काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिए ।


सरोकारवाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गम्भीर बन्न आग्रह गर्दै उनले कोहि पनि कोभिडका बिरामीलाई उपचारको लागि बेडको समस्या नहोस् भन्ने हेतुले आफुहरु पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवस्यक अरु सहयोग समेत गर्न तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्