लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

IMG

तिलोत्तमा २०७८ बैशाख २२ गते बुधबार। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र संसद सचिवालयमा बुझाएको हो ।माओवादी केन्द्रले सर्मथन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ । यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो।


२८ फागुनमा एमाले र माओवादी केन्द्र पुनस् अस्तित्वमा आएका थिए।त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ।


कमेन्ट गर्नुहोस्