लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

IMG

तिलोत्तमा २०७८ बैशाख १९ गते आइतबार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका छन् । नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयको स्रोतले जनाएको छ । धारा १६८ को २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री पोखरेले धार १७९, १ को क अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न भन्दै राजिनामा दिएको प्रदेश प्रमुखको कार्यलयको स्रोतले जनाएको छ ।


उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।


कमेन्ट गर्नुहोस्