लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा २५६५ औं बुद्धजयन्तीको तयारीबारे छलफल तथा सुझाव संकलन

IMG

तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार।  कोरोनाको कारण चौतर्फी असर परिरहेको बेला आगमी जेठ १२ गते परेको २५६५ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कार्यक्रम पनि विगतको भन्दा फरक प्रकृतिको हुने भएको  छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाका अनुसार कोभिढको कारण मृत्यु भएका संसारभरीका मृतकहरुको स्मृतिमा लुम्बिनीमा दीप प्रज्वलन गरिने तयारी भईरहेको छ ।उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “भगवानको शिक्षा नै दुखः आर्यसत्यबाट शुरु भएको छ  । यतिबेला कोरोनाको कारण संसार दुखःमा छ ।


हामी दुखःमा रहेको संसारलाई कसरी पीडामुक्त गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेका छौं । ”मृतकको नाममा दीप प्रज्वलन गर्ने, परित्राण पाठ गर्ने, संघदान गर्ने जस्ता आध्यात्मीक कार्यक्रम गर्ने गरी यसपटकको बुद्धजयन्तीको कार्यक्रम बनाईरहेको उपाध्यक्षले बताउनुभयो ।उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “सरकारले जारी गरेको स्वास्थ्य मापदन्डलाई अपनाउदैं भौतिक उपस्थिति अत्यन्तै कम गरेर लुम्बिनीमा कार्यक्रम गर्नेछौं । हामि डिजिटल प्रविधिको प्रयोग मार्फत संसारभरीका श्रद्धालुहरुलाई कोरोनाको पीडाबाट नआत्तिन , मनोबल उचो गराउन सकारात्मक सन्देश दिने तयारीमा छौं । ”

कमेन्ट गर्नुहोस्