लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट बेलहिया नाका हुँदै आएका ५ जनामा कोरोना

IMG

तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार।  सोमबार भारतबाट आएका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। बेलहिया नाकाबाट नेपालीहरुको स्वास्थ्य परिक्षण गरि प्रवेश गराइएको छ ।सोमबार मात्र दिउसो १ बजे सम्म वेलहिया नाकाबाट ३ सय ५४ जना आएकोमा ३६ जनामा लक्षण देखिएको थियो। संकास्पद ३६ जनाको आरडिटी एन्टिजीन परिक्षण गर्दा ५ जनामा रिएक्टीभ अर्थात कोरोना पोजिटिभ देखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक नबिन पौडेलले जानकारी दिए।कोरोना पोजिटिभ देखिएका सबै भारतको हैदराबादबाट आएका हुन। जसम्ध्ये ३ जना गुल्मी, १ जना रुपन्देहीको सैनामैना र १ जना तनहुका रहेको प्रहरी निरिक्षक पौडेलले बताए।गुल्मीका ३ जना एकै ठाँउको भएकाले उनीहरु टयाक्सी रिजर्भ गरेर पठाइएको छ।


तनहुका संक्रमित पनि आफै होल्डिङ सेन्टरबाट सार्वजनिक यातयात चढेर गएका छन। सैनामैनाका संक्रमित नगरपालिकाबाट पठाइएको एम्बुलेन्सबाट आफ्नो गन्तव्यमा पुगेका छन्। बेलहिया नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र भइरहेको छ भने संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण हुने गरेको छ ।संक्रमण उच्च भएपछि भारतका कतिपय राज्य फेरि लकडाउन भएका छन।जस्को कारण रोजगारी गुमाएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन्। बढ्दो संक्रमणका कारण भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीसमेत दैनिक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् ।बेलहिया नाकाबाट बैशाख १ गते देखि मंगलबार दिउसो १ बजे सम्म ५ हजार ३ सय ४९ जना नेपाली नेपाल भित्रिएका छन । यो तथ्याङक सुनौली नौतनवा किनमेलका लागि जाने बाहेकको हो ।

कमेन्ट गर्नुहोस्