लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के कोरोनाको शनिबार छुट्टी हो ? यस्तै भएको छ रुपन्देही नाकामा

IMG

तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार। बेलहिया नाकामा २ वटा हेल्थ डेस्क बनाएपनि एउटा हेल्थ डेस्क दैनिक संचालनमा आएपनि अर्को आरडिटी एन्टिजीन परिक्षण गर्ने हेल्थ डेस्क शनिबार बन्द हुने गरेको छ। प्रशासन र स्वास्थ्य कार्यालयले दैनिक हेल्थ डेस्कबाट परिक्षण गर्ने भने पनि ल्याबका कर्मचारी हेल्थ डेस्क नआउदा एक महिना अघि देखि संचालनमा आएको दोस्रो हेल्थ डेस्क शनिबार बन्द हुने गरेको हो।स्वास्थ्य कार्यालयले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने र जनशक्ति स्थानीय तह सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गर्ने तय भएको छ।


नगरपालिकाले एन्टिजीन परिक्षणका लागि दिपा शर्मालाई खटाएपनि शनिबार हेल्थ डेस्क कर्मचारी विहीन हुने गरेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले सिमानाका बेलहियामा हाल सम्म १५ जनामा पोजिटिभ देखिएको बताए। 'हामीले शंकास्पदलाई आरडिटी एन्टिजीनबाट परिक्षण गछौ हाल सम्म १८७ जनाको परिक्षण गरेकोमा १५ जनामा पोजिटिभ देखिएको छ।' उनले भने। शनिबार एन्टिजीन परिक्षण नै भएन , आइतबार १४ जना, सोमबार दिउसो १ बजे सम्म ३६ जनाको एन्टीजीन परिक्षण गर्दा ५ जनामा काेराेना पुष्टी भएको छ । 'हामीले कोभिड एन्टिजिन सँगै मलेरियाको पनि परिक्षण हेल्थ डेस्कबाट गराइरहेका छौ' फोकल पर्सन शाहले भने । अहिले हेल्थ डेसकका लागि ५ जना जनशक्ति खटिएका छन, एन्टिजीन परिक्षणका लागि ल्याबमा एक जनामात्र कर्मचारी रहेपनि हिजोबाट एक जना थप भएको छ।

कमेन्ट गर्नुहोस्