लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अविश्वासको प्रस्ताव पेश गर्न ढिला गर्न हुन्नः नेता पौडेल

IMG

 तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। देश अप्ठ्यारो स्थितीमा रहेको अवस्थालाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ती संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न नेपाली काँग्रेसले ढिलाई गर्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वताएका छन् ।रिर्पोट्स क्लव लुम्विनी प्रदेशले शनिवार (आज) बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकटकता आउने सक्ने स्पष्ट पारेका थिए ।नेता पौडेलले भने, नेकपा माओवादी (केन्द्र) दुई धारको चरित्र चित्रण गर्दै, आएको, भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रवसति हो भनी प्रश्न समेत गरेका थिए  ।उनले थपे, जनता समाजवादी पार्टी (जसपा)का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।


कार्यक्रममा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने सहमति जनाएको वताए । उनले भने, प्रधानमन्त्री ओलीले एमसिसिको प्रस्ताव ल्याएर, सभामुख माथि विभिन्न लान्छाना लगाउन खोजेको जिकिर गर्दै, आफु माथि अविश्वासको प्रस्ताव पेश हुन्छ कि आशंकाले संसद्को विजनेश नचलेको वाहाना वनाउँदै, संसद् वन्द गरेको ठोकुवा गरे ।यस्तै, नेता क्षेत्रीले अहिले देखिएको राजनितिक अवस्थालाई समयमै समाधान गर्न सकिएन भने, जनताको ठूलो वलिदान द्धारा प्राप्त उपलब्धिहरु नखोसिएलान् भन्न नसकिने जनाए ।

कमेन्ट गर्नुहोस्