लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहकाे स्पष्टीकरण- अघिल्लो बर्षको विभूषण भएर पुरानो नक्शा

IMG

तिलोत्तमा २०७७ चैत्र २८ गते। सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई अब प्रदान गरिने विभूषणमा नेपालको नयाँ नक्शा नै अंकित गर्ने बताएको छ ।गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा नै राखिने स्पष्ट पारेको हो ।शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको, तर कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्शा अंकित भएको विषयमा सामाजिक सञ्जाललगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेकाे हो ।

कमेन्ट गर्नुहोस्