लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीका दुई सांसदलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

IMG

तिलोत्तमा २०७७ चैत्र १३। पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनी पत्र पठाएको छ । न्यौपाने र पन्थी हालै मात्र नेकपा एमालेमा लागेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।


८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ । बिहीबार संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बसेको थियो ।



कमेन्ट गर्नुहोस्