
१३ चैत,२०७७, तिलोत्तमा। लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो। एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ ।चैत २० गते ६ महिना पुग्नै लाग्दा १८ गते वैठक आह्वान गरिएको हो । अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण ढिलाई भएको हो ।
कमेन्ट गर्नुहोस्