लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धर्नामा गृहमन्त्री : हत्या योजनाकार चौधरीको रिहाइमा बुलन्द आवाज गर्दै

tillotmacitynews - 2021 Mar 25 09:35 PM
IMG

२०७७ चैत्र १२ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा सहभागी बनेका छन्। बिहीबार दिउँसो धर्नामा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए। चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो। ‘सरकारले एउटा वार्ता टोली गठन गरेर यो विषय समाधान गर्न चाहन्छ।


तपाईंहरु पनि वार्ता टोली बनाउनुहोस्, आज क्याबिनेट बैठक छ। त्यहाँ वार्ता टोली गठन गर्छौं। छिटै अब यो समस्या वार्ता र संवादद्वारा नै हल गरेर अघि बढ्नुपर्छ।’ बादलले धर्ना बसेकालाई भने । प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्‍दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालतल दिपायलले सदर गरेको छ ।

कमेन्ट गर्नुहोस्