
तिलोत्तमा, फागुन २९ गते २०७७। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले संविधान च्यात्न खोज्ने शक्ति सकिने बताएका छन् ।केपी प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेको उनले बताए।संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने पनि उनले चेतावनी दिए। शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले मुलुकमा दुईधारको आन्दोलन जारी रहेको छ। संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेको उनले बताए।
अहिलेको सरकारले भङ्ग गर्नको लागि र काङ्ग्रेससहितका अन्य दलले रक्षा गर्नुपर्ने आन्दोलनको नेतृत्व गरिरहेको नेता खाँणले बताए।असली मयूर फाँटमा रहेको र नक्कली मयूर सिंहदरबारमा बसेर यसको नेतृत्व गरिरहेका छन्। उनले भने, कुनै हालतमा संविधान भंग हुने छैन। अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्नेछ।नेपालको राजनीतिमा लागेको बादल अबको केही दिनमा फाटेर जाने पनि उनले बताए। मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने र छिट्टै राजनीतिले सही बाटो लिने नेता खाँणले बताए।देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको उनले बताउँदै संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताए ।
कमेन्ट गर्नुहोस्