लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बादलसहितकालाई स्पष्टीकरण दिन माओवादी केन्द्रको निर्देशन

IMG

 २०७७ फाल्गुन २९ काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो ।बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।


शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा रहेका छन् ।

कमेन्ट गर्नुहोस्